PRABHU BANK

एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस, कार्यक्रममा ८ सय भन्दा बढि ग्राहकहरूको उपस्थिति

काठमाडौँ । एनएमबी बैंकले सातै प्रदेशमा एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।

सो कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८ सय भन्दा बढि ग्राहकहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा एमएसएमईका ग्राहकहरूलाई लेखा, बित्त, मार्केटिङ, डिजिटलाइजेसन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । उक्त कार्यक्रमका उपस्थित ग्राहकबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रबर्द्धन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आईपरेको बिभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको थियो ।

त्यस्तै, एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आइरहेको छ । यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो ब्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

एनएमबी बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै