PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशत छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच ग्राहकहरुलाई छूट दिने बारे सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशत सम्मको छूट पाउने भएका छन् ।

यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले देशैभरका १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट आफ्ना ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै