PRABHU BANK

ग्लोबल आइएमई बैंकले २५ मिलियन डलर ऋण लिँदै, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन ऋण परिचालन गरिने

काठमाडौँ । ओपेक फन्डले ग्लोबल आइएमई बैंकलाई ऋण दिने भएको छ । बैंकलाई उक्त फन्डले २५ मिलियन डलर ऋण दिने भएको हो ।

सो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ ।

त्यस्तै, ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ । साथै, यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै