PRABHU BANK

बैंकिङ सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले बैंकिङ सेवा लिन अब राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ । सरकारले बैंक तथा वित्तिय संस्था लगायत सबै प्रकारका सार्वजनिक सेवा लिन नागरिकताको सट्टा माघ १ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको हो ।

सरकारी तथा निजी क्षत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै सरकारले राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय सिमा समेत तोकेको छ ।

सोही निर्णय अनुसार बैंक तथा वित्तीय सेवा लिन १ माघ २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको हो ।

सरकारले २०७५-७६ बाट राष्ट्रिय परिचयपत्र वितरण थालेको भए पनि सार्वजनिक सेवामा यस अघि राष्ट्रिय परिचयपत्र अनिवार्य भने गरेको थिएन ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै