PRABHU BANK

‘व्यक्तिगत समस्यालाई आमसमस्या नबनाऔं’ : गभर्नर अधिकारी

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्तिगत समस्यालाई केही व्यवसायीहरूले आमसमस्या बनाउँदा उल्टै समस्या थपिने गरेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

केही व्यवसायीले आफूले धेरै ऋण लिएको कारण समस्यामा पर्दा समग्र क्षेत्रमै समस्या परिरहेको जसरी प्रस्तुत हुने गरिरहेको समेत गभर्नर अधिकारीको आरोप छ । अहिले नै कतिपय व्यवसायीमा उच्च कर्जा लगानी भएकोले योभन्दा बढी ऋण दिने अवस्था भएमा पछिल्ला दिनमा झन् समस्या पनि आउनसक्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायलाई आवश्यक नै पर्दा चालु पुँजी कर्जामा पनि ३(१० वर्षसम्म बिना सीमा चालुपुँजी कर्जा दिन सक्ने व्यवस्था रहेको र नेपाल जस्तो कम विकसित मुलुकमा अनिवार्य लगानी क्षेत्र तोक्न आवश्यकता रहको पनि बताएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै