PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा कार्यालय गमगढीमा सञ्चालन

काठमाडौँ । प्रभु बैंकले गमगढीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मुगुको छायानाथ रारा नगरपालिका वडा नं २ गमगढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको गमगढी शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग पाउनेमा बैंकले विश्वास लिएको छ।

बैंकको शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा आएको छ । योसँगै बैंकको देशभर ३०६ वटा शाखा कार्यालयको सञ्चालन भइरहेका छन् ।

‘बैंक अफ द एयर २०२३’ को उपाधिबाट सम्मानित भएको प्रभु बैंकमा करिब ३१ लाखभन्दा बढी ग्राहक आबद्ध छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै