PRABHU BANK

४ वर्षमा बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम १५५ प्रतिशतले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो ४ वर्षमा बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम १ सय ५५ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूको प्रोभिजन रकम ४ वर्षअघि १ खर्ब ३५ करोड ४० लाख रुपैयाँ रहेकोमा सन् २०२४ मे महिनासम्म उक्त संस्थाहरूको प्रोभिजन रकम २ खर्ब ५६ अर्ब ८१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूको प्रोभिजन रकम १ सय ६२ प्रतिशत र विकास बैंकहरूको प्रोभिजन २ सय ६ प्रतिशतले बढेको छ । हाल वाणिज्य बैंकहरूको प्रोभिजन रकम २ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ र विकास बैंकहरूको प्रोभिजन रकम १९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।

सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको प्रोभिजन रकम पनि १ सय २० प्रतिशतले बढेको छ । हाल लघुवित्तको प्रोभिजन रकम २३ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै