PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरूलाई ग्राण्ड नोरलिङ होटेलमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच ग्राहकहरुलाई छुट दिने बारे सम्झौता भएको छ । रिसोर्टमा बैंकका ग्राहकहरूले १० प्रतिशत छुट पाउने भएका छन् ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैङ्किङ ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने  बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै