PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकलाई गुरू ट्राभल्सको सेवामा १० हजारसम्मको स्पेशल डिस्काउण्ट

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्र हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अब बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको आकर्षक छुट दिनुकासाथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउने भएको छ ।

सम्झौता अनुसार ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५ सय बराबरको छुट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्न सक्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै