PRABHU BANK

ठगी मुद्दाको अनुसन्धानका लागि सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष पक्राउ

काठमाडौँ । सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई ठगी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, डा.गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

उनीहरूले सेन्चुरी बैंकमा रहँदा धितो भन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँ बढी कर्जा प्रवाह गरेको सीआईबीले जनाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै