महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेतालाई पुरस्कार वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिगका विजेतालाई पुरस्कार वितरण गरेको छ । बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४- संस्करण ३ का बिजेताहरूलाई पुरस्कार वितरण गरेको हो ।

 जेठ २२ गते मंगलबार देखि २४ गते बिहीबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्टसँग एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेड प्रथम भएको थियो भने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्