DISH HOME

कर्जा लिएर नतिर्ने ८९ हजार ऋणीहरू खराब सूचीमा, वैशाखमा मात्रै ४० हजारको बैंक खाता ‘ब्लक’

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर नतिर्ने ८९ हजार ऋणीहरू खराब सुचीमा परेका छन् । चेक बाउन्सरमा परेर पनि पैसा नतिर्ने ८९ हजार ऋणीहरूको खाता ब्लक रहेको पाइएको हो ।

चालु आर्थिक वर्ष ०८०-८१ को वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएका कर्जा सूचना केन्द्रले जनाएको छ ।

बैंक खाता बन्द हुनेमा ०४७ साल यता बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्सरमा परेर पनि पैसा नतिर्ने ऋणीहरूका खाता रहेका छन् । कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहकका खाता चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरू यसरी खराब सूचीमा पर्ने गर्दछन् । ऋण नउठेपछि बैंकहरूले धितो लिलामी गर्नु अगाडि उनीहरूलाई खराब सूचीमा राखेर धितो असुल नगरुन्जेल वित्तीय सेवाबाट वञ्चित गराउँछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै