PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकले किरणआई हस्पिटलमा ४० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका इन्टरनेशनल लिमिटेडका ग्राहकले किरणआई हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र बिरजन्ज पर्सास्थित किरणआई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने बारे सम्झौता भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले किरणआई हस्पिटलका सेवामा ४० प्रतिशत सम्मको छुट पाउनेछन् बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आवको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै