राष्ट्र बैंकसँग एनआईसी एसिया र नबिल बैंकले मागे अग्राधिकार सेयरको अनुमति

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा अग्राधिकार सेयर जारी गर्नका लागि नबिल बैंक र एनआईसी एशिया बैंकले अनुमति मागेका छन् । राष्ट्र बैंकका नियम विभाग प्रमुख गुरु प्रसाद पौडेलका अनुसार हालसम्म एनआइसी एसिया बैंक र नबिल बैंकले अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति मागेका हुन् ।

अग्राधिकार सेयर जारी पश्चात् एनआईसी एसियाले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने नबिलले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको पौडेलले बताएका छन् ।

एनआईसी एशिया बैंकले हालै राष्ट्र बैंकमा निवेदन दिए पनि नबिल बैंकले भने करिब २ महिना अगाडि नै आवेदन दिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेपछि बैंकहरू पुँजी जुटाउने प्रक्रियामा लागेका हुन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्