PRABHU BANK

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधि गर्ने कम्पनीलाई ५ करोडसम्म जरिवाना गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधि गर्ने कम्पनीलाई जरिवाना गर्ने भएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधि भएको पाइए हायर पर्चेज कर्जा दिने कम्पनी,  कर्मचारी तथा पदाधिकारीलाई १० लाखदेखि ५ करोड रूपैयाँसम्म जरिवाना गर्ने भएको हो ।
बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी पहिलो पटक नीतिगत व्यवस्था गरेको छ ।
हायर पर्चेज कर्जा दिने कम्पनीले नीति तथा कार्यविधि नबनाएको पाइएमा पहिलो पटकका लागि लिखित रुपमा सचेत गराउने, दोस्रो पटकदेखि १० लाख वा गाम्भीर्यताको आधारमा ५ करोड रुपैयाँसम्म जरिवाना गर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै