प्रभु बैँकका ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजनको विभिन्न सेवामा विशेष छुट

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई बाग्लुङमा रहेको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा विभिन्न सेवामा विशेष छुट हुने भएको छ । बैंक र सो कम्पनीबीच भएको सम्झौता अनुसार बैँकका कर्मचारी तथा ग्राहकहरूलाई आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट हुने भएको हो ।

यो छुट प्राप्त गर्न बैंकका कर्मचारीहरूले बैँकसँगको आबद्धता प्रमाण देखाउनुपर्ने कम्पनीले जनाएको छ ।

न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै, लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर २०२३ बाट सम्मानित प्रभु बैँक छोटो समयको अन्तरालमै ‘फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४’ अवार्डबाट सम्मानित भएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै