PRABHU BANK

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था

काठमाडौँ । सरकारले विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ ।  आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले वैदेशिक पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको घोषणा गरेका हुन् ।

यस्तै, उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा १ प्रतिशत कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रोत्साहन दिन औषधि,इन्डक्सन चुलो,धागो, हेलमेट,अगरबत्ती, सेनेटरी प्याड,काजु,बदाम प्रशोधन,स्प्रिडिङ बनाउने उद्योगका कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क पनि घटाएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै