PRABHU BANK

आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाखको ६० हजार कित्ता आइपीओ जारी गर्ने

ADARSHA LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीले जारी पूँजीको २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो ।
आइपीओ निष्कासनको लागी कम्पनीले असोज २० गते बुधबारधितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।
असार ३१ गते संस्थाको केन्द्रीय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने विषेश प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै