मौद्रिक नीतिको समीक्षामा गरिएका व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर, के-के भयो परिमार्जन ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत जारी गरिएका व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । आइतबार राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तिय संस्थाहरूलाई मौद्रिक नीतिको समीक्षामा गरिएका व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले जारी गरेको सर्कुलर अनुसार असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न, बैंकहरूलाई २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खोल्न तथा २५ लाखभन्दा ठुलो सवारी कर्जाको जोखिम भार १ सय २५ प्रतिशतबाट १ सयमा झार्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न  एकीकृत निर्देशनका १४ वटा व्यवस्थामा हेरफेर गर्दै ५ वटा व्यवस्थामा संशोधन गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्