PRABHU BANK

विकास बैंकहरुको ब्याज बक्यौत बढ्यो

काठमाडौं । पछिल्लो समय विकास बैंकहरूको उठ्न बाँकी रकम बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रियस्तरका विकास बैंकहरूको ब्याज बक्यौता बढेर ७ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

राष्ट्रियस्तरका विकास बैंकहरूको प्रकाशित विवरण  अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्मको ब्याज बक्यौता ५ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो भने २०८० चैत मसान्तसम्म ठूलो मात्राले विस्तार भएको छ ।

बैंकहरूले ब्याज नउठे पनि  नाफा-नोक्सानी खातामा आम्दानी देखाउनु पर्ने हुन्छ भने सो आम्दानीको कर पनि तिर्नुपर्ने हुन्छ । नउठेको ब्याजलाई बैंकहरूले रेगुलेटरी एड्जस्टमेन्ट शीर्षकमा राख्ने गर्दछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै