PRABHU BANK

महालक्ष्मी विकास बैंकद्वारा ५० हजार बराबरको छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा छात्रवृति वितरण गरको छ । बैंकले कक्षा दश अध्ययनका लागि काठमाडौँमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई ५० हजार बराबरको स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकका संस्थापक अध्यक्ष स्व लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित छात्रवृत्ति श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरू र बैंक व्यवस्थापनको रोहबरमा छात्र मण्डललाई छात्रवृति हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै