prabhu

‘उद्यमी व्यवसायीहरू बैंकबाट कर्जा लिन नसक्ने अवस्थामा छन्’ : कमलेशकुमार अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले यतिबेला उद्यमी व्यवसायीहरू बैंकबाट कर्जा लिन सक्ने अवस्थामा नरहेका बताएका छन् । काठमाडौँमा पत्रकारसँग कुरा गर्दै अग्रवालले विगतमा चालु पुँजी कर्जा लिएर उद्यमी व्यवसायीले आफ्नो समस्या समाधान गर्ने गरेकामा अहिले कर्जामा निकै कडाइ गरिदिएकाले उद्यमीहरू बैंकबाट कर्जा लिन नसक्ने अवस्थामा पुगेका बताएका हुन् ।

अहिले बैंक तथा वित्तिय संस्थामा साढे ६ खर्बको तरलता देखिए पनि उद्योगी व्यवसायीहरू तरलताको फाइदा उठाउँदै अघि बढ्न उत्साहित नदेखिनुमा विगतको उच ब्याजदर तिर्न नसेके र व्यावसायी कालो सुचीमा पर्नु र अहिले कर्जामा गरिएको कडाइ मुख्य कारण रहेको उनको भनाई छ ।

बैंकहरूमा तरलता थुप्रिनु र उद्यमीहरू लगानी गर्ने रकम नपाएर छटपटाउनु पर्ने अवस्था आउनुमा बैंकहरूको विगतको उच्च ब्याजदर र अहिले कर्जामा गरिएको कडाइ मुख्य कारण रहेको अग्रवालको भनाई छ ।   

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै