PRABHU BANK

११ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप संकलन

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप संकलन ११ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक सातामा बैंकिङ प्रणालीको निक्षेप संकलन ११ अर्बले बढेको हो ।

बैंकिङ प्रणालीमा जेठ १ गतेसम्म ६१ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ ।

त्यस्तै, गत वैशाख २५ गतेसम्म ६१ खर्ब ७५ अर्ब रुपैयाँ बरारबको निक्षेप संकलन भएको थियो । पहिलो साताको तुलनामा बैंकिङ प्रणालीको निक्षेप संकलन ११ अर्बले बढेको हो ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.३९ प्रतिशतबाट घटेर ८०.३५ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै