PRABHU BANK

नेपाल राष्ट्र बैंकले घटायो हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाएको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेज कर्जाको जोखिम भार घटाएको हो ।

बैंकले समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै