PRABHU BANK

ग्लोबल आइएमई लघुवित्तले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्दै

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । उक्त्त संस्थाले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर सञ्चलन तथा रक्तदान कार्यक्रम गर्ने भएको हो ।  

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आउँदो जेठ ५ गते शनिवार विभिन्न शाखा कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । धनुषा जिल्लाको शिवनगर ३ यदुकुहामा रहेको जनता एकाई माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन हुने उक्त्त संस्थाले जानेको छ ।

यस्तै रामग्राम नगरपालिका- १० नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा शाखा कार्यालय सुक्रौलीको प्राङ्गण र गुजरा नगरपालिका-०९, सिमराभवानिपुरमा रौनियार सेवा समिति भवनमा रक्तदान कार्यक्रम गर्ने संस्थाले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै