DISH HOME

एनआईसी एशिया बैंकमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौँ । एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । बैंकले एक नेपाली, एक डिम्याट खाता अभियानमार्फत जेठ १ गतेदेखि अषाढ मसान्तसम्म नि:शुल्क डिम्याट खाता खोली पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।

उक्त अभियानमार्फत दुर दराजमा बसोबास गर्ने नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एशिया अनलाइन डिम्याट सेवा र एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट यही जेठ १ गतेदेखि आषाढ मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने भएको हो ।

साथै, पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

कम्पनीले पछिल्लो समयमा आफ्नो परेवाहरूलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरूलाई क्यापिटलको सेवा ‘लाईनमा होईन अनलाइन’ मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेबसाइटमार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न पनि आग्रह गरेको छ । 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै