PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले बालुवाटार ४, काठमाण्डौस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २८ गते उक्त्त स्कुल व्याग वितरण गरेको बैंकले जनाएको छ । वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई २ सय  थान स्कुल व्याग, २ वटा कापी तथा २ सय वटा कलम पनि वितरण गरेको हो ।

व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमले विद्यार्थीहरूमाझ सकारात्मक उर्जा थप्न सहयोग पुग्ने बैंकको विश्वास छ । 

बैंकले मुलुकभर १ सय १२ शाखा कार्यालयहरू, ३० वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै