National

कामना सेवा विकास बैंक र आइएनजीए शपिङ कम्पलेक्सबीच सम्झौता, कर्मचारी र ग्राहकहरूले सेवामा छुट पाउने

काठमाडौँ । कामना सेवा विकास बैंक र आइएनजीए सपिङ कम्पलेक्सबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । तिलोत्तमा, रूपन्देही स्थित आइएनजीए सपिङ्ग कम्प्लेस र बैंकबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले सपिङ कम्प्लेक्सको विभिन्न सेवामा छुट पाउने बैंकले जनाएको छ । बैंकका अनुसार कपडाहरू, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी-फुड तथा एफएमसीजी-नन-फुडमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने भनेको छ ।

ग्राहकहरूले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ ।

हाल बैंकले आफ्ना १ सय ३५ शाखा र ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो सेवा सुविधाहरू दिइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै