National

आर्थिक मन्दीको प्रभाव बैंकिङ क्षेत्रमा बैंकहरुको उठ्न बाँकी ब्याज १८ अर्व नाघ्यो

काठमाडौँ । आर्थिक मन्दीको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको छ । व्यवसाय राम्रोसँग चल्न नसक्दा बैंकहरुले उठाउन बाँकी ब्याज नै १८ अर्ब ८ करोड ७६ लाख ५ हजार पुगेको छ । यो चैत्र अन्तिमसम्मको आंकडा हो ।

२० बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हिमालयन बैंकले ब्याज उठाउन बाँकी छ । बैंकले २ अर्व १६ करोड बढी  ब्याज बजारबाट उठाउन बाँकी छ ।
हिमालयन बैंकपछि सबैभन्दा बढी रकम ग्लोबल आईएमई बैंकले उठाउन बाँकी छ । बैंकले करिव १ अर्व ८४ करोड रुपैयाँ उठाउन बाँकी छ ।
ग्लोबल आईएमई बैंकपछि राष्ट्रिय बाणिज्य बैंकले बढी ब्याज उठाउन बाँकी छ । बैंकले १ अर्व २५ करोड हाराहारी रकम ब्याजको रुपमा उठाउन बाँकी छ ।
राष्ट्रिय बाणिज्य बैंकपछि एनएमबि बैंकले बढी ब्याज उठाउन बाँकी छ । बैंकले १ अर्व १ करोड भन्दा बढी रकम ब्याजको रुपमा उठाउन बाँकी छ ।
केहि बैंक छोडेर अन्य बैंकले पनि उही हाराहारीमा रकम उठाउन बाँकी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै