National

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौँ । हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त भएका छन् । चैत्र २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।

२७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत राणा पछिल्लो १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्व गरिरहेका छन् ।

उनले बैंकको नेतृत्व गरेको ४ कार्यकाल पुगेको छ । बैंकका अनुसार बाफिया ऐन कार्यान्वयनमा आएपछि भने दोस्रो कार्यकाल भएकाले कानुनी रुपमा खासै असर पर्ने देखिदैन ।

कानुनत: बैंक तथा वित्तीय संस्थामा एक व्यक्तिले २ कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने भएपनि बैंक सञ्चालक समितिले राणालाई चौथो कार्यकालका लागी पुनः नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै