काठमाडौँ। हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पूर्वमुख्य सचिव बैकुण्ठ अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्यालले नेपाल सरकारको मुख्यसचिवका रूपमा समेत काम गरिसकेका छन्।
यसअघि बैंकको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ रहेका थिए। उनले दिएको राजीनामा बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
राजीनामा स्वीकृत भएपछि बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त भएका हुन्।



