National

देउराली सहकारी प्रकरणमा बैंकरहरु पक्राउ पर्दा इमेज सहकारी प्रकरणमा गरिमाका कर्मचारी किन पक्राउ परेनन् ?

काठमाडौँ । देउराली सहकारीलाई कमसल धितो राखेर ऋण दिएको अभियोगमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन सीइओसहित आधा दर्जन बढी कर्मचारीहरु केहि समय अगाडी पक्राउ परे । तर सोहि प्रकृतिको ऋण इमेज सहकारीलाई दिने गरिमा बिकास बैंक लिमिटेडका कर्मचारी पक्राउ नपरेपछि इमेजका बचतकर्ताहरु आक्रोशित बनेका छन् ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेको बैंकले गरिमा बिकास बैंकबाट झन्डै १३ करोड रुपैयाँ ऋण लिएको छ । बैंकको सो ऋण अहिले फसेको छ ।

बैंकको सो ऋण मिलेमतोमा सहकारीलाई दिईएको आरोपसमेत बचतकर्ताको छ । तर उही प्रकृतिको केसमा कसैलाई समाउने कसैलाई उन्मुक्ति दिने खेल भएको भन्दै बचतकर्ताहरु रुष्ट बनेका छन् ।

हाल बैंकको सीइओ बनेका माधव प्रसाद उपाध्याय डेपुटी सीइओ हुँदा उनकै जोडबलमा सो ऋण प्रवाह गरिएको आरोप बचतकर्ताको छ । गरिमा बिकास बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लगायतको ३५ करोड फसेको सो सहकारीका विषयमा प्रहरीले अनुसन्धानसमेत गरिरहेको छ । तर यहि बीचमा गरिमा बिकास बैंकलाई भने उन्मुक्ति दिन खोजिएको भन्दै बचतकर्ताहरु आक्रोशित बनेका छन् ।

यस विषयमा बुझ्न खोज्दा बैंकका नवनियुक्त सीइओ माधव प्रसाद आचार्यसँग सम्पर्क नै भएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै