PRABHU BANK

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१८ प्रतिशतले वृद्धि

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशतले वृद्धि भएको पाइएको हो ।

कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको चैतसम्ममा १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने यो गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशत बढी हो ।

बैंकले चैत मसान्तसम्ममा ८ करोड ३१ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत वर्षको सोही अवधिमा उक्त बैंकले १० करोड १९ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ करोड ९२ लाख रुपैयाँ गरेको छ । सञ्चालन नाफा २ करोड ८८ लाख रुपैयाँ र नेट पि एण्ड कमिसन आम्दानी ६१ लख ८७ हजार रुपैयाँ रहेको बैंकले जनाको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै