National

बैंकहरुले ९ महिनामा कमाए ४६ अर्ब ४९ करोड

काठमाडौँ । बैंकहरुले ९ महिनाको अवधिमा ४६ अर्ब ४९ करोड नाफा कमाएका छन् । आर्थिक मन्दीका बीच पनि बैंकहरुले झन्डै आधा खर्ब रुपियाँ नाफा कमाएका हुन् ।

व्यवसायीहरुलाई ऋणको ब्याज तिर्न सार्है समस्या परिरहेका बेलामा पनि बैंक तथा वित्त संस्थाहरुले चालु आर्थिक वर्षको ९ महिनामा ४६ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

वित्तिय विवरण अनुसार अघिल्लो वर्ष २०७९ चैत मसान्तमा नै ५० खर्ब ७१ अर्ब बढी नाफा कमाएका बैंकहरुले सोहि अवधिको तुलनामा भने कम नाफा कमाएका हुन् ।

बैंकहरुमध्ये हालसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने अधिकांश बैंकहरुको नाफा घटेको छ ।

बैंकहरुको वितरणयोग्य नाफाको आंकडा नकारात्मक आईरहेका बेला संस्थापकहरुले रिटर्न पाउन छोडेको भन्दै बैंकको संस्थापकबाट बाहिरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै