बैंकिङ प्रणालीमा ११ खर्बभन्दा बढी तरलता

काठमाडौँ । कर्जा लगानीको माग नभएपछि बैंकिङ प्रणालीमा तरलता थुप्रिएको पाइएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकिङ प्रणालीमा ११ खर्बभन्दा बढी तरलता थुप्रिएको पाइएको हो ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूसँग ११ खर्ब बढी लगानीयोग्य तरलता छ ।

मन्दीका कारण व्यवसायीहरुले ऋणमा चासो नदेखाउँदा बैंकमा पैसा थुप्रिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा यता ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार बैंकमा अधिक तरलता देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्