National

एभरेष्ट बैंकको नाफामा सुधार, खुद ब्याज आम्दानी ५ अर्ब ६३ करोड बढी

काठमाडौँ । एभरेष्ट बैंकको नाफामा सामान्य सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.७७ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसैगरी बैंकको खुद ब्याज आम्दानी भने ०.८३ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँमा सीमित रहेको छ ।

बैंकको सञ्चालन नाफा ५.७८५ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ६५ लाख रुपैयाँ पुग्दा बैंकको खुद नाफामा सामान्य सुधार आएको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ५५ करोड १४ लाखबाट बढेर ६३ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने खराब कर्जा ०.७० मा स्थिर भएको छ ।

एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी १,१९ रुपैयाँले घटेर २९.५५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६.७३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै