National

३६.७३ प्रतिशतले घट्यो माछापुच्छ्रे बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । माछापुच्छ्रे बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख रुपैयाँमा रहेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६.९१ प्रतिशतले घटेर ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालक नाफा ३०.७५ प्रतिशतले घटेर १ अर्ब ३४ करोड रुपैयाँमा कायम भएको छ ।

यस्तै, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा ०.३१ प्रतिशतले बढेर ३.६८ प्रतिशत पुगेको हो ।

चैत्र मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै