prabhu

कामना सेवा विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो, वाणिज्य बैंकको भन्दा बढी वितरणयोग्य नाफा

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २०.५८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी घटेपनि बैंकको खुद नाफा भने समीक्षा अवधिमा ८.४० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नाफासँगै बैंकको प्रति सेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा रहेको छ।

३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै