National

वाणिज्य बैंकहरुको मुद्धति निक्षेपमा २ खर्ब ३४ करोड रुपैयाँ जम्मा

काठमाडौँ । वाणिज्य बैंकहरुको मुद्धति निक्षेपमा २ खर्ब ३४ करोड रुपैयाँ जम्मा भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुको मुद्धति निक्षेप २ खर्ब बढि रुपैयाँ जम्मा भएको पाइएको हो ।

सो अवधिमा सबैभन्दा धेरै रकम ग्लोबल आइएमई बैंकको मुद्धति निक्षोपमा जम्मा भएको छ । दोस्रोमा नबिल बैंक, तेस्रोमा कुमारी बैंक र लगातार अन्य बैंकहरुको रकम मुद्धति निक्षोपमा जम्मा भएको हो । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मुद्धति निक्षपमा १८ अर्ब ५ करोड रुपैयाँ जम्मा गरेका छन् । यसैगरी नबिल बैंकका ग्राहकहरुले १५ अर्ब ८७ करोड रुपैयाँ र कुमारी बैंकका ग्राहकहरुले १४ अर्ब ८३ करोड रुपैयाँ जम्मा गरेका छन् ।

फागुन मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा कम रकम स्ट्याण्डर्ड चार्टड बैंक र माछापुच्छ्रे बैंकको मुद्धति निक्षेपमा संकलन भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकको मुद्धति निक्षेपमा २ अर्ब ७९ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको मुद्धति निक्षपमा ५ अर्ब ७९ करोड रुपैयाँ संकला भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै