National

बैंकका कर्मचारीले ग्राहकको खराब नियतलाई सहयोग गर्दा बढ्यो बैंकिङ ठगी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ग्राहकको खराब नियतलाई सहयोग गर्दा बैंकिङ ठगी बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘सुपरीवेक्षण रिपोर्ट २०२२-२३’ को तथ्य अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ग्राहकको खराब नियतलाई सहयोग गर्दा बैंकिङ ठगी हुने गरेको पाइएको हो ।

बैंकले जारी गरेको प्रतिवेदन अनुसार पछिल्लो समयमा बैंकिङ ठगीका घटनाहरू बढिरहेका छन् । जसको मुख्य कारण जोखिम कर्मचारी, व्यवस्थापन र ग्राहकको खराब नियत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ठगी गर्ने निक्षेपकर्ताहरूले बैंकमा निक्षेप जम्मा गर्ने र बैंकका कर्मचारीहरूले यसको स्रोत बारे छानबिन नगर्ने, गलत तवरले कर्जा व्यवस्थापन गरिदिने र सम्पत्ति मूल्यांकन, कमसल र नक्कली धितोमा कर्जा प्रवाह गर्ने गर्दा बैंकिङ ठगीका घटनाहरू बढिरहेको बैंकले जारी गरेको प्रतिवेदनले प्रष्ट पारेको छ । साथै, यस्तो कारणले बैंकहरूको संस्थागत सुशासन नै जोखिममा पर्दै गएको छ ।

यसो त आजभोलि डिजिटल बैंकिङ ग्राहकलाई वित्तीय साक्षरताको अभावकै कारण पनि ठगी गर्नेले विभिन्न प्रलोभन देखाएर व्यक्तिगत विवरण माग गरी बैंकिङ ठगी गरिरहेका हुन्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै