DISH HOME

सरकारलाई यसपटक बैंकहरूले कति तिर्दैछन् कर ? कसले तिर्दैछ बढी ? 

 काठमाडौं । बैंकहरूले चालु आर्थिक वर्षको आय कर तिर्नका लागि रकम छुटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्ममा २० वटा वाणिज्य बैंकहरूले करका लागि साढे १९ अर्ब बढी रकम छुटाएका हुन् ।

फागुन महिनासम्म बैंकहरूले १९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ सरकारलाई आय कर तिर्नका लागि छुटाएका हुन् । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्ममा आइपुग्दा सबैभन्दा बढी कर छुटाउनेमा नबिल बैंक रहेको छ । नबिलले १ अर्ब ९७ लाख रुपैयाँ कर छुटाएको छ । दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ जसले करका लागि १ अर्ब ३७ लाख रुपैयाँ छुटाएको छ ।

त्यस्तै, अन्य बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड, नेपाल बैंकले ९४ करोड ५४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८९ करोड ५५ लाख रुपैयाँ सरकारलाई कर तिर्नका लागि रकम छुटाएका छन् ।

सिद्वार्थ बैंकले ७४ करोड, कृषि विकास बैंकले ७६ करोड ९२ लाख, सिटिजन्स बैंकले ५२ करोड ६६ लाख, प्राइम बैंकले १ अर्ब २३ करोड, एनएमबी बैंकले ७९ करोड ९८ लाख, प्रभु बैंकले १ अर्ब २१ करोड र सानिमा बैंकले ६६ करोड २९ लाख रुपैयाँ कर सरकारलाई तिर्नका लागि छुटाएको छ ।

यसैगरि, हिमालयन बैंकले ९७ करोड ३४ लाख, नेपाल एसबीआई बैंकले ४५ करोड ७३ लाख, एभरेष्ट बैंकले ९८ करोड २९ लाख, एनआईसी एसिया बैंकले ९७ करोड ९५ लाख, माछापुच्छ्रे बैंकले ६४ करोड ६० लाख, कुमारी बैंकले १ अर्ब २४ करोड, लक्ष्मी सनराइज बैंकले ७८ करोड रुपैयाँ छुटाएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै