National

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिकेन, शून्य प्रतिफल मुख्य कारण

काठमाडौं । सेयरधनीहरुका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्री हुन सकेको छैन । शून्य प्रतिफलका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्री हुन नसकेको हो ।     

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १३ जना संस्थापक सेयरधनीले २ लाख ५५ हजार ७ सय ४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका थिए । राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयर बिक्रीको लागि सुरुमा संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको प्रतिफल घट्दो क्रममा रहेपछि बैंकले संस्थापक बाहेकको सेयर बिक्रीका लागि सूचना जारी गरेपनि कुनैपनि संस्थापकले सेयर किन्न चासो नदिए पछि उक्त सेर नबिकेको हो ।

अहिले बैंक तथा वित्तीय संस्थाको प्रतिफल घट्दो क्रममा रहेकै कारण संस्थापक सेयरधनीहरू थप लगानी नगरी भएको सेयर पनि बिक्री गरेर बाहिरिन खोजिरहेका छन् । 

संस्थापकहरूका अनुसार बैंकहरूको प्रतिफल दर ज्यादै न्यून रहेको र केहीको नगन्यजस्तै रहेपछि यस्तो स्थिति देखिएको हो । आर्थिक वर्ष २०८०-८१ मा सात वाणिज्य बैंकहरूले कत्ति पनि लाभांश दिन नसकेपछि र आउने वर्ष पनि केहीको सम्भावना नदेखिएपछि संस्थापकहरू बाहिरिने क्रम बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै