PRABHU BANK

महुली लघुवित्त वित्तीय संस्थाद्धारा ३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला

mahuli laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले ३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । संस्थाले आज पुस ४ गतेदेखि संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाले ३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले पुस ११ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य ७३५ रुपैयाँ तोकिएको छ ।
 सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै