National

एउटा बैंकको ऋण तिर्न पुन:ऋण दिन्छन् नेपाली बैंकहरु

काठमाडौँ । बैंकहरुले ग्राहकलाई ऋणको ब्याज तिर्न पुनः ऋण दिने गरेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकको वार्षिक सुपरिवेक्षण प्रतिवेदनले बैंकहरुले ग्राहाकलाई ऋणको ब्याज तिर्न पुनः ऋण दिने गरेको खुलासा गरेको हो ।

केही बैंकले कर्जा र ब्याज अर्को ऋण दिएर तिर्ने र सेटलमेन्ट गर्ने गरेको पाइएको र केही बैंकले ५० करोडभन्दा माथिको कर्जामा क्रेडिट रेटिङ नभए पनि कर्जा दिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कर्जा लगानीपछि कमजोर अनुगमनका कारण कर्जाको उद्देश्यभन्दा अन्य प्रयोजनमा प्रयोग भएको समेत पाइएको र बैंकहरूले चालु पूँजी कर्जा मार्गदर्शन अनुसार चालु पूँजी कर्जाका लागि छुट्टै ऋण खाता र चालु खाता सञ्चालन गरिरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । केही ऋणीले चालु खातामा जम्मा गरेको रकम अन्यत्र प्रयोग गरेको समेत पाइएको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ  ।

यस्तै कर्जाको क्षेत्रगत वर्गीकरण, ऋणीको ठेगाना, जोखिम भार, कर्जा नोक्सानी व्यवस्था लगायतमा त्रुटि भेटिएका छन् भने आकस्मिक कोष योजना पनि तयार भएका नभेटिएको राष्ट्र बैंकले जनाएको छ ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार केन्द्रीय बैंकले कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक ,एनआईसी एशिया बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको छ भने लक्ष्मी सनराइज , नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै