National

एनआईसी एशिया बैंक बन्यो सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक

काठमाडौँ । एनआईसी एशिया बैंक सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक बन्न सफल भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ३६ लाख पटक डाउनलोड भएसँगै सो बैंक सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक बन्न सफल भएको हो ।

बैंकको मोबाइल एप एन्ड्रोइड फोनमा ३२ लाख बढिले डाउनलोड गरेका छन् भने आइओएस मोबाइलमा ३ लाख ३६ हजार बढिले डाउनलोड गरेको पाइएको छ ।

बैंकले ग्राहकलाई मोबाइल बैंकिङ सेवाको पहुँच होस् भन्ने उद्देश्यले विभिन्न भाषामा आधारित मोबाइल एप ल्याउन थालेको छ । 

साथै, बैंकले दिने सबै किसिमका सेवालाई सकेसम्म डिजिटल गर्ने गरी कार्य गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै