नेपाल बैंकको नाम दुरुपयोग गरेर ठगी भइरहेको हुँदा ठगीबाट जोगीन बैंकको आग्रह

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकको नाम दुरुपयोग गरेर ठगी भइरहेको हुँदा यस्तो ठगीबाट बच्न ग्राहकहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो ठगीबाट बच्न आग्रह गरेको हो ।

बैंकका अनुसार विभिन्न व्यक्तिहरूले बैंकको इमेल, लिंक, लागो, फोटोहरूको प्रयोग गरेर ग्राहकहरूलाई चिठ्ठा परेको, उपहार प्राप्त गरेको जस्ता गलत सूचना फैलाउँदै विभिन्न ठगी गरेको हुँदा यस्तो ठगीबाट बच्न सबैलाई अनुरोध गरेको छ ।

बैंकको नाम प्रयोग गरेर विभिन्न व्यक्ति वा समुहले ठगी गरिरहेको बैंकले जानकारी दिएको छ । त्यसैले बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ कारोबार गर्दा सुरक्षित तरिकाले कारोबार गर्न आह्वान गरेको हो ।

बैंकले फेसबुक, टिकटक, युट्युब, ह्वाट्सएप, भाइबरमार्फत कुनै पनि कर्जा स्वीकृतिपत्र, चिठ्ठा, उपहार जस्ता कार्यक्रम घोषणा नगरेको जनाएको छ । कुनै पनि व्यक्तिको प्रलोभनमा नपर्न बैंकले सबैलाई सूचना मार्फत आग्रह गरेको छ । हेर्नुहोस् बैंकले प्रकाशन गरेको सुचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्