National

राष्ट्र बैंकले मुद्दती निक्षेपमा सवा ४ अर्ब बढी लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा सवा ४ अर्ब बढि रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सुचना प्रकाशन गर्दै बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको सो रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको सुचनामार्फत जनाएको छ । बैंकले बैंकरहरुलाई आफुले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर उल्लेख गरेर आवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै, बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा २१ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्नेछ ।

राष्ट्र बैंकका अनुसार वैशाख ११ गतेदेखि कात्तिक १० गते ६ महिना सम्मका लागि रकम मुद्दति निक्षेपमा राखिनेछ । साथै, बैंकहरुले वैशाख ४ गतेसम्म ब्याजदर प्रस्ताव पेस गर्नुपर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको सुचना यस्तो छ:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै