National

एनएमबी र एभरेष्ट बैंकले बढाएको ब्याजदर आजबाट लागू, अन्य बैंकले भने घटाए ब्याज

काठमाडौं । एनएमबी र एभरेष्ट बैंकले बढाएको ब्याजदर आजबाट लागू  भएको छ । बैशाख महिनाका लागि दुई बैंकले आज सोमबार बाट लागू हुने भएको हो ।

बैशाखका लागि अन्य बैंकले ब्याजदर घटाउँदा एनएमबी बैंक र एभरेष्टले भने व्याज बढाएका थिए । एनएमबीले  ०.९७ प्रतिशत र एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएका हुन् ।

एनएमबीले व्याज बढाएर व्यक्तितर्फ ७.९७ प्रतिशत र संस्थागततर्फको ६.९७ प्रतिशत पुर्याएको छ भने एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगतको ७ प्रतिशत र संस्थागततर्फको ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै