National

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा बोनसको लफडा मिल्यो

काठमाडौँ । बोनस वितरणमा विभेद भएको भन्दै तत्कालीन मेगा बैंकका कर्मचारीहरु नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापन र संचालक समितिसँग रुष्ट बनेका खबर बाहिरिएपछि अन्तत: बैंकले सो लफडालाई मिलाएको छ । योसँगै अव तत्कालीन मेगा बैंकका कर्मचारीहरुले कानुनत: पाउने बोनस पाउने भएका छन् ।

बैंकको नाम परिवर्तन भएपछि मात्रको दिन गणना गरेर तत्कालीन मेगा बैंकका कर्मचारीहरुलाई पाउनुपर्ने बोनस नदिएको भन्दै तत्कालीन मेगाका कर्मचारीहरु रुष्ट भएका थिए । बोनस ऐनको अपव्याख्या गर्ने काम भएको भन्दै कर्मचारीहरु अदालत जाने तयारीमा लागेपछि बैंक व्यवस्थापन उनीहरुलाई बोनस दिन तयार भएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक व्यवस्थापनले गरेको निर्णयका कारण साविक मेगा बैंकमा १२ बर्ष भन्दा बढी काम गरेका कर्मचारीहरुले समेत ६ महिनाको अपव्याख्याका कारण बोनस नपाएको स्थिति थियो ।

आफुहरुमाथि चरम विभेद भएको भन्दै तत्कालीन मेगाका कर्मचारीहरुले युनियनमार्फत अदालत जाने तयारी गरेका थिए । यहि तयारीबारे थाहा पाएपछि बैंकले बोनसको लफडा मिलाएको हो । भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै