PRABHU BANK

बैंक अफ काठमाण्डू लिमिटेडको BOK Smart Savings Account सार्वजनिक

bank of kathmandu

  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै BOK Smart Savings Account सार्वजनिक गरेको छ । “कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।
उक्त बचत खाता ग्राहकहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ । यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा,BOK e-com Dollar Card जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नुहुनेछ ।
थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै